कला


वर्षा राउत लेख्छिन्: यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो

वर्षा राउत लेख्छिन्: यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १३:२०, काठमाडौँ

अभिनेत्री वर्षा राउत श्रीमानसँगको सम्बन्धलाई लिएर पछिल्लो समय चर्चामा छिन्। यसैबीच, सोमबार राउतले आफूलाई गाली गरिएको एक कमेन्टको स्क्रिनसट राख्दै एक भावुक स्टाट्स लेखेकी हुन्। 

यस्तै कुराले यो समाजमा बाँच्न धेरै गाह्रो भइसकेको उनको भनाइ छ। असंवेदनशील मान्छेहरूका कारण धेरै नै एक्लो महसुस गरेको उनले उल्लेख गरेकी छिन्। 

‘कहिलेकाहीँ मान्छेले आत्महत्याका विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ। हाम्रो समाजले ‘सदैव सब राम्रो देखिनुपर्छु' भन्ने मुखौटा लगाउन बाध्य पार्छ, तर भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिलै तयार हुँदैन। श्रीमतीलाई ‘लाटी, अलछिनी’ जस्ता अपमानजनक शब्दले बोल्दा समाज मौन बस्छ। श्रीमतीले सहनुपरेको धोका, चोट, बेइज्जतिमा कसैलाई चासो हुँदैन। तर, एउटै महिलाले आफ्नो आवाज उठाइदिँदा समाज ऊमाथि नै औँला उठाउन थाल्छ,’उनले लेखेकी छिन्। 

समाजको यस्तै दोहोरो मापदण्ड, बेइन्साफी र यही पक्षपातले धेरै महिलालाई भित्रभित्रै तोडिदिने उनको भनाइ छ। जसकारण यस्तो समाजमा बाँच्न नै कठिन लाग्ने उनको धारणा छ। 

‘सच्याइनु पर्ने त समाज आफैँ हो। तर, परिवर्तन चाहिँ सबैलाई चाहिन्छ भन्छन्,बदलिन भने कसैलाई मन छैन। यही कारणले मान्छे एक्लो महसुस गर्छ। थाकिन्छ र कहिलेकाहीँ अंधकारतिर तानिन्छ। यो समाजमा बाँच्न मलाई साँच्चिकै धेरै गाह्रो भइसक्यो,’स्टाट्समा उल्लेख छ। 

वर्षाको उक्त लामो स्टाटसपछी श्रीमान संजोग कोइरालाले कमेन्ट गरेका छन्। ‘ टिप्पणी गर्न मन पराउने मानिसहरूको निर्णयमाथि शंका गर्नुमा तिमीमा केही गलत छैन। घृणामाथि प्रेम सधैं विजयी हुनेछ र तिमीलाई संसारभरका लाखौं मानिसले माया गर्छन्। चिन्ता नगर। मलाई विश्वास छ कि टिप्पणी गर्ने त्यही व्यक्तिले तपाईंको बाटो काट्यो भने फोटो माग्न आउनेछ र ‘बिग फ्यान’ भन्नेछ।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad