काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ सुरु भएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत, चीन, बङ्गलादेश, अष्ट्रिया र फिलिपिन्सका कलाकार सहभागी छन्।
फेस्टिभलले विभिन्न देशका कलाकारहरूबीच कला संस्कृति आदानप्रदान हुने र एक अर्काबीचको सिकाई साटासाट प्रतिष्ठानले जनाएको छ।
मानिसले जन्मेपछि विवाह गर्नुभन्दा अगाडि र विवाह पछाडि फरक पहिचान बोक्ने भएकाले त्यसलाई आधार मानेर आफूले ‘मेरो परिचय’ नामक प्रस्तुती पस्केको कलाकार सौरगङ्गा दर्शनधारीले बताइन्। उनी ललित कला प्रज्ञा प्रतिष्ठानकी बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख पनि हुन्।
कार्यक्रम अवलोकन गर्न आएका दर्शक सञ्जीप महर्जनले परफरमेन्स आर्ट सामान्य मानिसका लागि बुझ्न चुनौतीपूर्ण हुने उल्लेख गर्दै फेस्टिभलले यस्तो कला विधाको पहिचान विस्तारमा सहयोग पुग्ने बताए।
फेस्टिभले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आयोजकले जानाएको छ। फेस्टिभल शुक्रबारसम्म सञ्चालन हुनेछ।
Shares

प्रतिक्रिया