आकाश श्रेष्ठ लामो समयपछि ठूलो पर्दामा देखिएका छन्। भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हर्ष’ मा आकाशलाई हेर्न पाइनेछ।
चकलेटी लुक्स र रोमान्टिक हिरोको पहिचान बनाएका आकाश कुनैबेला निकै चर्चित थिए। तर, विगत दुई वर्षयता उनी ठूलो पर्दामा देखिएका थिएनन्। केमियो रोल भएपनि यस फिल्ममा आकाशलाई दर्शकले हेर्न पाउनेछन्।
निर्माण पक्षले आकाशको अभिनय रहेकोबारे खुलासा गरेको थिएन्। बुधबार साँझ सम्पन्न प्रिमियर शोमा फिल्म हेर्न पुगेका दर्शक र सञ्चारकर्मीले पर्दामा अचानक आकाशलाई देखेपछि यो कुरा खुलेको हो।
म्युजिक भिडिओमा व्यस्त रहे पनि आकाशको मुख्य भूमिकामा फिल्महरू आउन छाडेको छ। उनी अनुबन्धित भएको खबर पनि बाहिरिएको छैन। जसकारण उनी अतिथि भूमिकामा देखिनुले काम नपाएको होकी भन्ने प्रश्न उब्जेको छ।
एकता पौडेल निर्देशित यस फिल्मले प्रिमियर शोमा सकरात्मक प्रतिक्रिया पाएको छ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, साइमन बादी, शर्मिला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया