टेकुस्थित कौसी थिएटरमा नाटक ‘के? अस.’ आज (शुक्रबार) देखि नियमित मञ्चन हुँदै छ।
यसअघि बिहीबार साँझ नाटकको प्रिमियर शो गरियो।
इलममणि दीक्षित र विजय आनन्द ताम्राकारको संयुक्त लेखन र निर्देशनमा बनेको यो नाटक मंसिर २१ गतेसम्म चल्नेछ।
यो नाटक कुनै पूर्वलिखित पटकथा बिना नै स्क्र्याचबाट बनेको हो।
जुन एक बेतुका डार्क कमेडीमा परिणत भएको छ। दीक्षितका अनुसार यो रचना गरिएको नाटक रंगमञ्चमा के आशा गर्ने भन्ने थाहा नभएको अवस्थामा प्रवेश गर्ने एउटा अनौठो अवसर हो।
त्यहाँ कुनै मानक अभिनय छैनन्। कुनै रेलिङ छैनन्, कुनै सुरक्षा जाल छैन। त्यहाँ दुई हराएका पात्रहरू बेतुका परिस्थितिमार्फत वास्तविक, मानवीय भावनाको अन्वेषण गरिरहेका छन्।
मञ्चमा पनि निर्देशकद्वय इलम र विजय देखिएका छन्। उनीहरूको अनौठो हाउभाउ र अभिनयले दर्शकलाई मनोरञ्जन दिन्छ।
दुइ दाजुभाइको वर्षौंपछिको भेटघाटसँगै कथा सुरु हुन्छ।
नाटकमा वैदेशिक अवसरका कारण टाढिएका सम्बन्धदेखि पारिवारिक जिम्मेवारीको कथा छ।
साथै राजनीतिक अवस्थाप्रति पनि नाटकले व्यंग्य गर्छ। स्डुडिओ आकारको निर्माण रहेको नाटकमा इँगी होपो कोइँच सुनुवारको लाइट डिजाइन छ।
राजकुमार फकिरको साउन्ड डिजाइन रहेको नाटकमा विनिता लामा गुरुङको लाइट अपरेसन छ।
ट्रिगुलर लिभिङको सेट डिजाइन पनि भव्य छ।
हेर्नुहोस् प्रिमियरका तस्बिर:













Shares

प्रतिक्रिया