मंसीर २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लोकन्ती’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठान गरिएको छ।
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काजी लिम्बुको कथा लेखन छ। फिल्मको निर्माता सन्तोष न्यौपाने हुन्।
रञ्जित रानाको निर्देशनमा बनेको सराज गराच मुख्य भूमिकामा देखिँदैछन्। फिल्ममा एसराजसहित ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रूपाखेती, गोविन्द प्रभात, रमेश बुढा मगर, लेखान्त भुसाल लगायत कलाकारहरूको अभिनय छ।
नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने निर्माणटिमले अपेक्षा लिएको छ।
21
Shares

प्रतिक्रिया