पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार फिचर्ड छन्।
सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ। रेलिङमा उनी अडेस लागेकी छन्। जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।
अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी महेश त्रिपाठीसँग टेबुलमा छिन् । आमनेसामने रहेकाले यहाँ यी दुईबीच केही संवाद भइरहेको अनुमान लगाउन सकिन्छ।
पोस्टरमा निलो लाइट छ, यो कलरले चलचित्रको नामको टोन दिने प्रयास गरेको छ। पोस्टरले आशा र निराशाबीचको कथा अथवा उताचढावपूर्ण जिन्दगीको कथा सिनेमाले भन्ने संकेत गरेको छ ।
बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । उनको यो डेब्यु निर्देशन हो ।
यस फिल्ममा बेनिशासहित अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय छ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ। ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।
48
Shares

प्रतिक्रिया