कपिल शर्माको बहुप्रतिक्षित भारतीय कार्यक्रम ‘द ग्रेट कपिल शर्मा शो’ चौंथौ सिजनको टिजर सार्वजनिक भएको छ।
नेटफ्लिक्सले शुक्रबार नयाँ टिजर सार्वजनिक गर्दैं नयाँ सिजनको रिलिज मिति सार्वजनिक गरेको हो। नयाँ सिजन २० डिसेम्बरदेखि नेटफ्ल्क्सिमा आउने जनाएको छ।
कपिलसहित किकु शारदा, कृष्ण अभिषेक र सुनील ग्रोवर चौंथो सिजनमा दर्शकलाई मनोरञ्जन दिन तयार छन्। टिजरमा किकु शारदा र कृष्णा अभिषेक प्रहरीको पोशाकमा देखिएका छन्। सुनील ग्रोवर, अर्चना पूरन सिंह र नवजोतसिंह सिद्धु पनि देखिएका छन्।
‘द ग्रेट इन्डियन कपिल शोको सिजन-४ डिसेम्बर २० बाट स्ट्रिम हुनेछ, केवल नेटफ्लिक्समा,’ नेटफ्लिक्सको सामाजिक सञ्जालमा लेखिएको छ।

प्रतिक्रिया