मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा देखिने भएका छन्। उनी प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘तरङ्ग’ मार्फत फिल्ममा डेब्यु गर्न लागेका हुन्।
एक दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित छन् । फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए। ‘मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,’ उनले भने।
आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा विश्वस्त छन् उनी।
यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।
‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ। यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ ।
करिब २ करोड रुपैयाँ बजेटमा तयार हुन लागिरहेको हो। यस फिल्ममा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रका छायाकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् ।
खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन्। उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए ।
यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।
Shares

प्रतिक्रिया