कला


भदौ २३ को जेन-जी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ कला प्रदर्शनी

भदौ २३ को जेन-जी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ कला प्रदर्शनी

नेपालखबर
पुस १३, २०८२ आइतबार १४:५१, काठमाडौँ

गत भदौ २३ गते भएको जेन–जी युवा आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामुहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ।

प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा आयोजना गरिएको हो। प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन्।

गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरु भएको जेन–जी युवा आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो। आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए।

यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो। कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन्।

प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शित छन्। यो कार्यक्रमले आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad