कला


‘मिरमिरे’का लागि निर्देशक यम शेर्पाले दयाहाङ र सिर्जनालाई किन रोजे?

‘मिरमिरे’का लागि निर्देशक यम शेर्पाले दयाहाङ र सिर्जनालाई किन रोजे?

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:२७, काठमाडौँ

माघ १ गतेबाट रिलिज हुने फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ। यसअघि यस जोडीले फिल्म ‘कार्साङ्’मा एकसाथ काम गरेका थिए। त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन्।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए। निर्देशक शेर्पा ‘मिरमिरे’ निर्देशक हुन्। 

यमले नै  मुख्य कलाकार (अभिनेता/अभिनेत्री) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन्। किन निर्देशक यमले आफ्नो दोस्रो फिल्ममा पनि दयाहाङ र सिर्जनालाई रोजे त?

‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ। पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ। दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो,’ शेर्पाले भने। 

फिल्मको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए। कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पारे।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको यस फिल्ममा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपुत मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ। जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जनासहित शाइसा गौचन, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ। निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर हुन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad