कला


‘कल्ली’ टिजरमा मानिस भित्र हुने देवता र राक्षसको कथा

‘कल्ली’ टिजरमा मानिस भित्र हुने देवता र राक्षसको कथा

नेपालखबर
पुस १३, २०८२ आइतबार १८:२, काठमाडौँ

फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र पात्रबारे प्रष्ट पारिएको छ। 

टिजरमा मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ। मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ। आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ। 

किरण नेपाली निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य लगायतको अभिनय छ। 

फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा देखिएका छन्। अभिनेत्री परिक्षा लिम्बुलाई टिजरको अन्तिममा देख्न सकिन्छ। उनी, फिल्ममा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा निसाल पौडेलको छायांकन रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad