गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
पार्टीले उनलाई स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताको आधारमा सूचीमा राखेको हो। गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्ति अभाव, बढ्दो उपचार खर्च र बजेटको प्रभावहीन कार्यान्वयनजस्ता समस्यामा व्यवहारिक बहस अघि बढाउने विश्वास व्यक्त गरिएको छ।
गुरुङले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रूपमा राख्दै सुशासन, समावेशी नीति निर्माण र उत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा सक्रिय आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
त्रिशला सपना भई आँखामा आउने, प्रितीको फूल, उकाली चढौला, पोहोर साल, तिमीले त होइन् जस्ता कभर गीत गाएर चर्चामा आएकी हुन्। उनले जूनको साथी तारा, न बिर्सी दिनु, कसैले नछोएको, सजाउ माया लगायतका दर्जन बढी गीतमा स्वर दिइसकेकी छिन्।
Shares

प्रतिक्रिया