सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बब डाई’ को छायांकन सकिएको छ। काठमाडौंको चन्द्रागिरी र कीर्तिपुर नगरपालिका विभिन्न स्थानमा ४२ औं दिनमा सम्पूर्ण सुटिङ सकिएको हो।
चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले दुईगीत बाहेक स्क्रिप्टका दृश्यका सम्पुर्ण छायांकन सकिएको जानकारी दिए। उनका अनुसार अब प्रोस्टप्रोडक्सनको काम भइरहेको छ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रमा किर्तिपुरको एक युवाको कथा छ। अभिनेता सौगातले बब डाईको भूमिका निर्वाह गरेका छन्।
निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो ।फिल्ममा सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ।
कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।
Shares

प्रतिक्रिया