कला


धेरै कमाउने पाँचौ भारतीय फिल्म बन्यो ‘धुरन्धर’

धेरै कमाउने पाँचौ भारतीय फिल्म बन्यो ‘धुरन्धर’

नेपालखबर
पुस २०, २०८२ आइतबार १८:१८, काठमाडौँ

रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ बक्सअफिसमा ठूलो रेकर्ड बनाएको छ। घरेलु बक्सअफिसमा यस फिल्मको कमाई ८०० करोड भारतीय रुपैयाँ नाघेको छ। यससँगै यो फिल्म सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीको शीर्ष ५ मा छ।

सुरुवातदेखिनै आक्रामक व्यापार गरिरहेको यस फिल्मको कथासँगै कलाकारको अभिनय र गीत व्यापक तारिफ पाइरहेको छ। आदित्य धरको निर्देशन र रणवीरको कडा परिश्रमको प्रशंसा गरेका छन्। यस फिल्मले प्रदर्शनको ३० दिनमा धेरै रेकर्डहरु बनाएको छ।

आज जियो स्टुडियोले एउटा पोस्ट सेयर गर्दै फिल्मले ८०६.८० करोड रुपैयाँ कमाएको जानकारी दिएको छ। ‘धुरन्धर’ ले पहिलो साता २१८ करोड, दोस्रो साता २६१.५ करोड, तेस्रो साता १८८.३ करोड, चौथो साता ११५.७० करोड, २९ औं दिनमा ८.७० करोड र ३० औं दिनमा १२.६० करोड भारु कमाएको उल्लेख छ।

यस व्यापारसँगै यो फिल्म भारतमा सर्वाधिक कमाई गर्ने शीर्ष पाँच फिल्महरूमा सामेल भएको छ। पहिलो नम्बरमा आमिर खानको ‘दंगल’ छ। त्यसपछि ‘बाहुबली २’ दोस्रो नम्बरमा, अल्लु अर्जुनको ‘पुष्पा २’ तेस्रो नम्बरमा हुँदा ‘आरआरआर’ चौथो नम्बरमा छ। 

विश्वभर भने फिल्मले १२ सय करोड भारुको आकंडा पार गरिसकेको छ।  सन् २०२५ को सर्वाधिक कमाइ गर्ने यो फिल्म धेरै कमाउने हिन्दी फिल्म समेत हो।

आदित्य धर निर्देशित यो फिल्म डिसेम्बर ५ मा रिलिज भएको थियो। यस फिल्ममा रणवीरसहित अक्षय खन्ना, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनको मुख्य भूमिका छ। फिल्मको कथा पाकिस्तानी राजनीति र जासूस हमजामा केन्द्रित छ। फिल्मले देशमा भएका धेरै आतंकवादी हमलाहरूलाई पनि चित्रण गर्दछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad