रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। प्रदर्शनको ३२औं दिनमा यस फिल्मले भारतभर ८३१.४० करोड भारतीय रुपैयाँ कमाएसँगै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो।
यससँगै ‘धुरन्धर’ले अल्लु अर्जुनको ‘पुष्पा २’ लाई पनि उछिनेको छ। ‘पुष्पा २’ को हिन्दी भर्सनले भारतीय बक्स अफिसमा ८२१ करोड रुपैयाँ कमाएको थियो। विश्वभर भने फिल्मको कमाइ १२५३.८३ करोड भारु पुगेको थियो।
डिसेम्बर ५ मा रिलिज भएको ‘धुरन्धर’ धेरै कमाउने भारतीय फिल्मको पाँचौं स्थानमा छ। नेपालमा पनि यस फिल्मको कमाइ १० करोड नजिक पुगेको छ।
आदित्य धर निर्देशित यस फिल्ममा रणवीरसहित अक्षय खन्ना, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनको मुख्य भूमिका छ। फिल्मको कथा पाकिस्तानी राजनीति र जासूस हमजामा केन्द्रित छ।
Shares

प्रतिक्रिया