कला


‘माया जदौ’ करोड क्लबमा (भिडियो)

‘माया जदौ’ करोड क्लबमा (भिडियो)

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ८:२०,

समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले एक करोड भन्दा बढी भ्युज पाएको छ। दुई महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ।

साकार पन्तको डेब्यु निर्देशनमा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त निर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको छ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मालगायतका चर्चित कलाकारलाई अभिनय रहेको छ।

कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ। आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्युज पाएकोमा निर्देशक साकारले खुसी ब्यक्त गरेका छन्। उनले गीत हेर्नुहुने सम्पूर्ण दर्शकमा आभार ब्यक्त गरेका छन्।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सहनिर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन। रवि सायमीले खिचेको फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad