बिहीबारदेखि भारतले ६४ उडानमार्फत करिब १५ हजार भारतीयलाई एयरलिफ्ट गर्ने भएको छ। विभिन्न १२ मुलुकमा अलपत्र परेका आफ्ना नागरिकलाई एयर लिफ्ट (हवाइ उद्धार) गर्ने तयारी भएको हो।
भारतका विदेशमन्त्री एस जयशंकरले ‘वन्दे भारत मिसन’अन्तर्गत नागरिकको उद्धार गर्न लागिएको र यो क्रम १ हप्तासम्म चल्ने बताएका छन्। उनले ट्विट गर्दै भारत आउनेहरुलाई आफू रहेको मुलुकका दूतावासको सम्पर्कमा रहिरहन समेत आग्रह गरेका छन्।
खाडी मुलुकबाहेक सेड्युलमा नरहेका व्यावसायिक उडान गर्ने विमानहरुबाट अमेरिका, बेलायत, बंगलादेश, मलेसिया, सिंगापुर र फिलिपिन्सबाट भारतीयलाई ल्याइने तयारी छ।
नागरिक उड्डयनमन्त्री हरदीप पुरीले सबै गरी १ लाख ९० हजारलाई सुरुमा ल्याउने तयारी भएको छ। यो संख्या ४ लाखसम्म पुग्नसक्ने बताएका छन्।
भारतका विभिन्न राज्यले नेपाल फर्किन चाहने नेपालीलाई पनि फर्म भर्न भनेको छ। रेलमार्फत नेपालको सीमासम्म पु¥याइदिने उनीहरुको भनाइ रहेको छ।
तर नेपाल सरकार भने विदेशका अफ्ना नागरिक फर्काउन चाहेको छैन। नागरिक आउजाउ गर्दा संक्रमणको जोखिम बढ्ने भन्दै भारतको सीमामा रहेका नागरिकलाई पनि नेपाल प्रवेश अनुमति दिइएको छैन।
Shares

प्रतिक्रिया