कला


‘क्वेयर फिल्म फेस्टिभल काठमाडौँ’ को दोस्रो संस्करण सुरु, १७० फिल्महरू समावेश

‘क्वेयर फिल्म फेस्टिभल काठमाडौँ’ को दोस्रो संस्करण सुरु,  १७० फिल्महरू समावेश

नेपालखबर
माघ २, २०८२ शुक्रबार १६:२०, काठमाडौँ

काठमाडौँमा बिहिबारदेखि ‘क्वेयर फिल्म फेस्टिभल काठमाडौँ’  दोस्रो संस्करण सुरु भएको छ। डकस्कुलको चलचित्र शैक्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरेको १० दिने क्वेयर फिल्म फेस्टिभल थापाथलीस्थित ऐरावत पिक्चर हाउस (शैक्षिक हल) मा सुरू भएको हो।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मुद्दाहरूमा बनेका विश्वभरिका चलचित्रहरू प्रदर्शन गरिनेछ। यस फिल्म फेस्टिभलमा १७० भन्दा बढी चलचित्रहरू समावेश छन्। विश्वभरबाट ८०० चलचित्रमध्ये यी चलचित्रहरू नेपालको पृष्ठभूमि र समय सापेक्षताका आधारमा चयन गरिएको हो ।

यी चलचित्रहरूले विश्वभरका क्वेयर समुदायका व्यक्तिहरूको जीवन अनुभव, सामाजिक अवस्था र राजनीतिक यथार्थ उजागर गरेको छ। समाजले तोकेको लैङ्गिक मान्यताभन्दा फरक यौनिक पहिचान भएका व्यक्तिहरूप्रति ऐक्यबद्धता र सम्मान गर्नु यस फिल्म फेस्टिभलको उदेश्य हो।

‘नेपालको सन्दर्भमा मुलधार चलचित्र र फिल्म फेस्टिभलले लैङ्गिक विविधता र क्वेयर फिल्मलाई प्रर्याप्त स्थान नदिएकोले त्यस्ता कथालाई पनि स्थान दिनुपर्छ भन्दै वैकल्पिक रूपमा क्वेयर फिल्म फेस्टिभल काठमाडौं सुरू गरिएको हो,’ फेस्टिभलका काठमाडौंको सह-निर्देशक ज्योत्स्ना मास्केले भनिन्।

सिनेमामा विविधता, यौनिकतामा र लैङ्गिक पहिचानका मुद्दा उठाउनुको साथसाथै क्वियर समुदायलाई बुझ्न चाहने आम दर्शकसँगको दूरी पनि घटाउने काम गर्छ। समाजमा रहेका विविधता, समानता र समावेशितालाई केन्द्रमा राखि सबै अट्ने समाज निर्माणमा योगदान पुर्याउन यस महोत्सव आवश्यक रहेको आयोजक समितीले जनाएको छ।

माघ १० सम्म सञ्चालन हुने यस फिल्म फेस्टिभल ऐरावत पिक्चर हाउस (माइक्रोसिनेमा अडिटोरियम) मा प्रदर्शतरत हुने छ। फेस्टिभलपछि पनि चलचित्रहरू प्रदर्शन हुनेछन्।

‘नेपालमा राम्रा फिल्म बन्छन्। विश्वका प्रतिष्ठिट चलचित्र महोत्सवमा पनि गएका छन् र प्रदर्शन भएका छन्। तर त्यहीँ चलचित्र नेपालमा प्रदर्शन गर्न खोज्दा ठाँउ पाइदैँन। त्यस्ता चलचित्रलाई पनि नेपालमा नेपाली दर्शकमाझ देखाइनु पर्छ भनेर यो माइक्रोसिनेमा थिएटर खोलेका हौँ र यसपालिको क्वेयर फेस्टिभल काठमाडौंसँगै यो अडिटोरियमलाई प्रयोगमा ल्याएका छौँ,’ फेस्टिभलका सह-निर्देशक क्षितिज अधिराजले बताए।  

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad