रघुजी फिल्म्सको ब्यानरमा दुई फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बन्ने भएका छन्। दुबै फिल्म लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको टिमअपबाट निर्माण हुन लागेका हुन्।
दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ। शुक्रबार दुइवटा पोस्टर सार्वजनिक गर्दै फिल्मको आधिकारिक घोषणा गरिएको हो।
चलचित्र ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्टले चलचित्रका भावनालाई संगीतमा उतार्नेछन्।
27
Shares

प्रतिक्रिया