चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ को कमाइ ५ करोड नजिक पुगेको छ।
माघ १६ गतेदेखि रिलिज भएको फिल्मले ९ दिन अर्थात गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको हो। जुन राम्रो कमाइ हो।
चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सो अवधीभर १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन्।
यस फिल्मले प्रदर्शनबाट नै दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। वैदेशिक रोजगारको कथाले निकै मन छोएको भन्दै दर्शकहरू रुदै गरेका भिडिओहरू भाइरल भइरहेका छन्।
पारिवारिक कथामा आधारित यस फिल्मले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारको अभिनय छ।
सोहीदिनबाट बेनिशा हमालको ‘द ब्लु लाइट’ पनि रिलिज भएको थियो। तर, निर्माताले विज्ञप्ति निकाल्दै फिल्मलाई उत्रार्ने निर्णय गरे। यद्धपी, फिल्मले तीन दिनमा ३ लाख १९ हजार कलेक्सन गरेको देखिन्छ।
Shares

प्रतिक्रिया