सलोन-सलिना फिल्म्सको प्रस्तुतिमा नयाँ नेपाली फिल्म बन्ने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले फिल्मको प्रस्तुती गर्न लागेका हुन्।
फिल्मको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ। यस फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन्।
कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ।
यसै फिल्ममार्फत केसी फिल्मको काममा फर्कन लागेका हुन्। पछिल्लो समय उनले फिल्म ‘पिताम्बर’ मा काम गरेका थिए। फिल्मको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ।
कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै फाइनल गरिने जनाइएको छ। निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन्। यो टुर सकिएलगत्तै फिल्म छायांकन सुरु गरिनेछ।
अस्ट्रेलियाबाट ‘पि आर’ फिल्मका केही कलाकार दोहोरिने जानकारी दिइएको छ। साथै, फिल्ममा दुई नायक र दुई नायिका रहनेछन्।
Shares

प्रतिक्रिया