कला


कोरोना छल्दै आउने भयो अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’

कोरोना छल्दै आउने भयो अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’

नेपालखबर
बैशाख २८, २०७७ आइतबार ४:४८,

कोरोना भाइरसका कारण भारतमा लकडाउन जारी छ। कोरोना फैलिन नदिन त्यहाँ व्यक्तिगत दूरीमा रहनुपर्ने नियमै छ। यो अवस्थामा सहभागीसँग प्रत्यक्ष कुराकानी गर्नुपर्ने चर्चित गेम—शो ‘कौन बनेगा करोडपति’ अनिश्चयको घेरामा थियो।

अन्ततः अमिताभ बच्चन प्रविधिको उपयोग गरी ‘कौनबनेगा करोडपति’ लिएर आउने भएका छन्।

अमिताभ सन् २००० देखि सो टेलिभिजन शो सञ्चालन गर्दै आएका छन्। त्यसयता उनी सधैँ नै सानो पर्दामा देखिए। एक वर्ष भने उनी केबीसीमा देखिएनन्, शाहरुख खानले शो सञ्चालन गरे।

कोरोनाका कारण व्यवसाय चौपट भएको अवस्थामा १२ औं श्रृंखलाको सञ्चालन अमिताभ बच्चनले नै गर्ने भएका हुन्। त्यसका लागि सहभागीको नाम दर्ता प्रक्रिया शनिबार रातिबाट सुरु गरिएको छ। 'कौन बनेगा करोडपति' सोनीमा टेलिभिजन च्यानलमा आउनेछ।

कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै सहभागी छनोट अनलाइनबाट र निजी अन्तर्वार्ता भिडियो कलबाट गरिने सोनी टेलिभिजनले जनाएको छ।

गत साता केबीसी १२ औं श्रृंखलाको प्रोमो सार्वजनिक गरिएको थियो। शनिबार रातिदेखि सोमा सहभागी हुनेहरुका लागि दर्ता प्रक्रिया सुरु गरिएको हो।

अभिताभ बच्चनले मे २२ मा हरेक रात नयाँ प्रश्न सहभागीलाई सोध्नेछन्। कोरोनाका कारण यो पटक प्रश्नरुको जवाफ प्रत्यक्ष दिनुपर्ने छैन। एसएमएस वा सोनी एपबाट दिए पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad