कला


रिलिज भएको दुई महिनामै बालेनको युट्युबमा आयो ‘झरीपछिको इन्द्रेणी’ (भिडिओ)

रिलिज भएको दुई महिनामै बालेनको युट्युबमा आयो ‘झरीपछिको इन्द्रेणी’ (भिडिओ)

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १६:१, काठमाडौँ

अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई महिनामै यो फिल्म बिहिबारदेखि युट्युवमा रिलिज भएको हो। 

यो फिल्म बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ। 

गत पुस ४ गते रिलिज भएको यो फिल्म केहीदिनअघि मात्रै हलबाट उत्रेको थियो। ५१ दिन मनाएको यस फिल्मले सिनेमा बक्सअफिसमा भने १ करोड २८ लाख मात्रै कलेक्सन गर्न सफल भएको छ। 

यस फिल्मका लागि मेयर बालेन शाहले र्‍याप समेत गाएका थिए। साथै उनले फिल्मको प्रचारप्रसारमा समेत सहयोग गरेका थिए। तर, हलमा भने फिल्मले सोचेअनुसारको कमाइ भने गर्न सकेन। 

यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय छ। फिल्मले भ्रष्टाचार र बेथितिविरुद्धको कथा प्रस्तुत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad