कला


मध्यपूर्वको युद्धका कारण यशको फिल्म ‘टक्सिक’को प्रदर्शन सारियो

मध्यपूर्वको युद्धका कारण यशको फिल्म ‘टक्सिक’को प्रदर्शन सारियो

नेपालखबर
फागुन २०, २०८२ बुधबार १४:३६, काठमाडौँ

साउथ स्टार यश अभिनित भारतीय फिल्म ‘टक्सिक’को प्रदर्शन मिति पछि सारिएको छ। यो फिल्म अब जेठ २१ देखि विश्वभर रिलिज हुनेछ। 

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा बढिरहेको द्वन्द्वका कारण प्रदर्शन तालिका परिवर्तन गर्नुपरेको निर्माताले जनाएका छन्। यसअघि यो फिल्म चैत ५ मा प्रदर्शन तयारी गरिएको थियो।

यसै मितिमा ‘धुरन्धर-२’ को रिलिज मिति तय भएको छ। अब ‘टक्सिक’ पछि सरेसँगै ‘धुरन्धर’ लाई फाइदा हुने देखिन्छ। 

निर्माता तथा अभिनेताले बुधबार एक विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन्। मध्यपूर्व क्षेत्र भारतीय फिल्मका लागि महत्त्वपूर्ण बजार मानिन्छ। त्यहाँको अस्थिर परिस्थितिले फिल्मको समग्र व्यापारमा प्रतिकूल असर पार्न सक्ने अनुमान गरिएपछि मिति सार्ने निर्णय गरिएको जनाइएको छ।

उच्च लागतमा निर्माण भइरहेको यस फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ। विभिन्न भाषामा तयार पारिएको यस फिल्मलाई विश्व बजारमा एकैसाथ उतार्ने तयारी गरिएकाले अनुकूल समयको प्रतीक्षा गर्नु आवश्यक ठानिएको बताइएको छ। 

गीतु मोहनदासद्वारा निर्देशित ‘टक्सिक’ मा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, रूक्मिणी वसन्त र तारा सुतारिया पनि मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad