सन् २०२६ को ९८औँ अस्कर अवार्डमा फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ उत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा नेपाली समयअनुसार सोमबार बिहान भएको अवार्ड समारोहमा ‘वन ब्याटल आफ्टर एनदर’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।
उत्कष्ट फिल्मसँगै यसै फिल्मबाट निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते। साथै फिल्मले अन्य प्राविधिक विधाहरूमा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा वर्चस्व जमाउन सफल भएको छ।
‘वन ब्याटल आफ्टर एनदर’ राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत संघर्षको पृष्ठभूमिमा आधारित छ। जसले सत्ता, आन्दोलन र व्यक्तिको नैतिक निर्णयबीचको अन्तरद्वन्द्धलाई समेटेको छ। प्रदर्शनपछि यस फिल्मले अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा बटुलेको थियो ।
यस वर्षको अस्करमा सर्वश्रेष्ठ फिल्म विधामा ‘सिनर्स’, ‘ह्याम्नेट’, ‘फ्रान्केनस्टाइन’, ‘के–पप डेमन हन्टर्स’ र ‘वेपन्स’ लगायतका फिल्म मनोनयनमा परेका थिए।
त्यसैगरि, , ‘ह्याम्नेट’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जेसी बक्लीले उचाल्दा ‘सिनर्स’ बाट माइकल बी जोर्डन उत्कृष्ट अभिनेता घोषित भए। उत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ‘सिनर्स’ ले हात पारेको छ।
यस्तो छ अस्कर अवार्ड विजेताको सूची
उत्कृष्ट फिल्म : वान ब्याटल आफ्टर अनदर
उत्कृष्ट निर्देशक : पल थोमस एन्डरसन – वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट अभिनेता : माइकल बी जोर्डन (सिनर्स)
उत्कृष्ट अभिनेत्री : जेसी बक्ली – ह्याम्नेट
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म : सेन्टिमेन्टल भ्यालु (नर्वे)
उत्कृष्ट छायांकन : सिनर्स
उत्कृष्ट फिल्म सम्पादन : वन ब्याटल आफ्टर अनदर
उत्कृष्ट ध्वनि : एफ वान
उत्कृष्ट मौलिक गीत : गोल्डेन – के-पप डेमन हन्टर्स
उत्कृष्ट मौलिक संगीत (ओरिजिनल स्कोर) : सिनर्स
उत्कृष्ट भिजुअल इफेक्ट्स : अवतार फायर एन्ड एश
उत्कृष्ट छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्म : अल द एम्प्टी रुम्स
उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री) फिचर फिल्म : मिस्टर नोबडी अगेंस्ट पुटिन
सहायक अभिनेता : वन ब्याटल आफ्टर अनदर
प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन
उत्कृष्ट मौलिक पटकथा : सिनर्स
सहायक अभिनेत्री : वेपन्स’
अनुकूलित पटकथा : वन ब्याटल आफ्टर अनदर
मौलिक पटकथा : सिनर्स
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : के-पप डेमन हन्टर्स
उत्कृष्ट एनिमेटेड छोटो फिल्म : द गर्ल हु क्राइड पर्ल्स
कस्ट्युम डिजाइन : फ्रान्केनस्टाइन
उत्कृष्ट कास्टिङ : वन ब्याटल आफ्टर अनदर
लाइभ-एक्सन छोटो फिल्म : द सिङ्गर्स
मेकअप तथा हेयरस्टाइलिङ : फ्रान्केनस्टाइन
प्रोडक्सन डिजाइन : फ्रान्केनस्टाइन
Shares

प्रतिक्रिया