कला


एक महिनाको उपचारपछि सलमानका पिता सलिम डिस्चार्ज

एक महिनाको उपचारपछि सलमानका पिता सलिम डिस्चार्ज

नेपालखबर
चैत ३, २०८२ मंगलबार १५:३४, काठमाडौँ

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।

‘ब्रेन ह्यामरेज’का कारण ९० वर्षीय सलिमलाई गत फागुन ५ गते (फेब्रुअरी १७) मा अस्पताल भर्ना गरिएको थियो। 

२८ दिनको उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आएका कारण डाक्टरहरूले उनलाई घर जान अनुमति दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार उनको डिस्चार्ज प्रक्रिया पूरा भइसकेको छ, तर उनी अस्पतालमै छन्। 

परीक्षणका क्रममा सामान्य मस्तिष्क रक्तस्राव भएको देखिएपछि न्युरोसर्जन डा. नितिन डांगेले उनको सानो शल्यक्रिया (डीएसए) गरेका थिए। तर उनको उमेरका कारण निको हुन केही समय लागेको हो।।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad