कला


‍बक्स अफिसमा ‘धुरन्धर २’को उछाल, ‘जवान’ र ‘बाहुबली २’को रेकर्ड तोड्दै ५०० करोड क्लबमा

‍बक्स अफिसमा ‘धुरन्धर २’को उछाल, ‘जवान’ र ‘बाहुबली २’को रेकर्ड तोड्दै ५०० करोड क्लबमा

नेपालखबर
चैत ८, २०८२ आइतबार १३:४३, काठमाडौँ

रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा आक्रामक कमाइ गरेको छ। रिलिजको तेस्रो दिन शनिबार मात्रै भारतमा नेट ११३ करोड भारतीय रुपैयाँ कमाउँदै यस फिल्मले बलिउडका ठूला ब्लकबस्टर फिल्महरूको कीर्तिमान तोडेको छ।

गत बुधबारदेखि पेड प्रिभ्यु सुरु भएको ‘धुरन्धर २’ भारतमा मात्रै तीन दिनमा ३३९.२७ करोड भारु नेट कलेक्सन गरेको छ। विदेशी बजारको ९६.५० करोड सहित फिल्मको विश्वव्यापी कलेक्सन ५०१.०४ करोड भारु पुगेको छ। रणवीरको यो करिअरकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म हो।

शनिबारको कमाइको मामिलामा ‘धुरन्धर २’ ले शाहरुख खानको ‘जवान’ (८२.४६ करोड), प्रभासको ‘बाहुबली २’ (४६.५० करोड) र आमिर खानको ‘दंगल’ (३३.९३ करोड) जस्ता फिल्मको तेस्रो दिनको कलेक्सनलाई निकै पछाडि छोडेको छ। शनिबार भारतका हलमा फिल्मको अकुपेन्सी ८१.६ प्रतिशतभन्दा बढी देखिएको थियो।

आदित्य धरको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।

यसअघि गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो।भारतमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरेको थियो।

यस्तो छ व्यापारको विवरण

बुधबार (पेड प्रिभ्यु):  ४३ करोड भारु

बिहीबार: १०२.५५ करोड भारु

शुक्रबार: ८०.७२ करोड भारु

शनिबार: ११३ करोड भारु

जम्मा: ३३९.२७ करोड भारु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad