कला


केहि दृश्य र गीत बाँकी राख्दै सकियो निखिलको फिल्म ‘कस्तुरी’को सुटिङ

केहि दृश्य र गीत बाँकी राख्दै सकियो निखिलको फिल्म ‘कस्तुरी’को सुटिङ

नेपालखबर
चैत ८, २०८२ आइतबार १८:३८, काठमाडौँ

निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को छायांकन सकिएको छ। गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन ३५ दिनमा सकिएको छ। 

फिल्मका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए। उनले भने,‘ हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छौँ। फिल्मको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ। अरु भने कम्प्लेट गरिसकेका छौँ।’

काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्म रहस्य,सस्पेन्स र अपराध समेटेको छ। यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ। यसै फिल्मबाट निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्।

फिल्ममा निखिल र वर्षासहित शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन्। उनी यहि फिल्मबाट निर्माताका रुपमा उदाएका छन्। यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्।

आलोक शुक्लाले खिचेको यो फिल्ममा प्रमुख सह–निर्देशक ललित बिष्टले गरेका छन्। निर्माण टिमले फिल्मको अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेका छैनन्। निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad