कला


चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

नेपालखबर
चैत १०, २०८२ मंगलबार १३:०, काठमाडौँ

चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन्। संस्थाको तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

विगत १६ वर्षदेखि कोशी प्रदेशको सुनसरी अवस्थित इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठ पछिल्लो ७ वर्षयता विशुद्ध फिल्मी न्युज पोर्टल ‘परिकला न्युज डटकम’का सञ्चालक समेत हुन् ।

अधिवेशनबाट संघको उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्की चयन भएका छन्।

यसैगरी, कार्यसमिति सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिब तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले बने। प्रदेश प्रतिनिधितर्फ एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई छानिएका छन् भने केन्द्रीय प्रतिनिधिमा निर्वतमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा ‘रश्मी’ चयन गरिएको छ।

अध्यक्षमा निर्वाचित भएलगत्तै श्रेष्ठले प्रेस मिट, साना कार्यक्रम तथा तालिमहरू आयोजना गर्न मिल्ने हलसहितको सुनसरी शाखा कार्यालय चाँडै स्थापना गर्ने घोषणा गरेका छन्। यसका साथै नयाँ समिति मार्फत ‘न्युज पोष्टर डिजाइन’को तालिम सञ्चालन गर्ने उनको योजना छ। 

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ‘अदक्ष नभई एक कुशल अध्यक्ष भएर’ जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो जीवन कालमा पहिलो पटक कुनै संस्थाको नेतृत्व गर्दै गरेकोले आफूलाई यो जिम्मेवारी भारी भन्दा पनि उत्साहका साथ पुरा गर्ने बताए। सोही अवसरमा उनको प्रस्तावमा संघका निवर्तमान केन्द्रीय अध्यक्ष स्व. दिनेश सिटौलाको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले संस्थाको गतिविधि झल्काउने वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

नयाँ नेतृत्व चयनका लागि संघका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो, जसको सदस्यमा संघकी कोशी प्रदेश अध्यक्ष सन्जु राई र नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य रोहित राई रहेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad