आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ ले नेपाली बक्सअफिसमा पनि आक्रामक कमाइ गरेको छ। चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले आज दिउँसोसम्म नेपाली बक्सअफिसमा १० करोड ४८ लाख ग्रस कलेक्सन गरेको हो। जुन ११ औं दिनसम्मको कमाइ हो।
नेपालमा मात्रै होइन्, विश्वभरनै ऐतिहासिक व्यापार बनाइरहेको छ। विश्वभर १० दिनमै यस फिल्मले ग्रस १२२६ करोड भारतीय रुपैयाँ कमाइसकेको छ। भारतका चर्चित फिल्महरु शाहरूख खानको ‘जवान’ र यशको ‘केजीएफ: च्याप्टर २’ लाइफटाइम कलेक्सनलाई उछिन्दै यो सर्वाधिक धेरै कमाउने छैटौं फिल्म बनिसकेको छ।
आदित्य धरको निर्देशनमा बनेको ‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। भारतमा एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो।

प्रतिक्रिया