कला


सर्ट फिल्म डेभलपमेन्ट ल्याब आयोजना हुँदै

सर्ट फिल्म डेभलपमेन्ट ल्याब आयोजना हुँदै

नेपालखबर
चैत १९, २०८२ बिहिबार १८:३, काठमाडौँ

नेपाली सर्ट फिल्मलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले ‘सर्ट फिल्म डेभलपमेन्ट ल्याब’ आयोजना गर्न लागिएको छ। 

चलचित्र ल्याब र काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सहकार्यमा आगामी जेठ ७ देखि ११ गतेसम्म सघन कार्यशाला सञ्चालन हुन लागेको चलचित्र ल्याबका संस्थापक प्रविनकुमार रावतले बताए। स्क्रिप्टको तहमा रहेका १० देखि २५ मिनेटसम्मका ‘फिक्सन’ सर्ट फिल्मका लागि यो ल्याब अवसरको रुपमा रहेको रावतको भनाइ छ। 

ल्याबका लागि देशभरबाट ६ वटा उत्कृष्ट प्रोजेक्ट छनोट गरिने जनाइएको छ। छानिएका प्रोजेक्टका निर्देशक र निर्माताले नेपाली तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ मेन्टरहरूबाट प्रत्यक्ष प्रशिक्षण पाउनेछन्। 

मेन्टरहरूले स्क्रिप्टलाई थप परिष्कृत बनाउन, निर्देशकीय दृष्टिकोण प्रस्ट पार्न र अन्तर्राष्ट्रिय बजारका लागि ‘पिच’ तथा ‘पिच डेक’ तयार गर्न सघाइने भएको छ। ब्याबमा सहभागी उत्कृष्ट प्रोजेक्टका लागि आकर्षक अवार्डको व्यवस्था गरिएको जनाइएको छ। फिल्म बनेपछि अन्तर्राष्ट्रिय फेस्टिभलमा पठाउन वितरण रणनीतिमा समेत सहयोग गरिनेछ। 

ल्याबमा सहभागी हुन केही प्राविधिक मापदण्ड पालना गर्नुपर्ने स्टोरी ल्याबका संस्थापक सुशान्त श्रेष्ठले बताए। प्रोजेक्ट अनिवार्य रूपमा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने बताउँदै श्रेष्ठले भने, ‘यसो गर्दा मेकरको सिर्जना सुरक्षित हुने र व्यावसायिक मेकिङको जग बलियो हुनेछ।’

ल्याबमा सहभागी हुन चाहने निर्माताका लागि चैत ३० सम्म आवेदन दिने म्याद तोकिएको छ। छनोटमा परेका प्रोजेक्टको नतिजा वैशाख १६ मा सार्वजनिक गरिने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad