‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ। विगतमा भइरहेको ग्रान्ड फिनालेको स्थान परिवर्तन गर्दै
आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहीबार आवेदन खुला भएको जानकारी दिएको हो।
आठौँ संस्करणसम्म न्यूयोर्कमा भएको प्रतियोगिता यसपाली भने वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार चन्द्र लामाको कम्पनी यूएसए ईन्टरटेन्मेन्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दै छ।
त्यस्तै, फिनालेको लोकेसन परिवर्तन गरिएका कारण यस वर्षको कार्यक्रम विगतका कार्यक्रमभन्दा थप पृथक र भब्य हुने जनाइएको छ। उनका अनुसार यसपालिको संस्करणमा नेपाली सिने क्षेत्रसहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीको समेत उल्लेखनिय उपस्थिति रहने भएको छ।
प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको छ। कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९ गते) हुनेछ।
त्यस्तै, न्यूनतम शैक्षिक योग्यता कक्षा १२ वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च तोकिएको छ। ‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित यस वर्षको प्रतियोगिता आयोजना हुँदै छ।
Shares

प्रतिक्रिया