सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स’ को पाँचौं सिजनको तयारी भइरहेको छ। यसैबीच, आयोजकले नयाँ सिजनका चारजना कोच सार्वजनिक गरेको छ।
यस सिजनमा गायक सत्यराज आचार्य, गायिका मिलन नेवार, अर्जुन सापकोटा र वाङ्देन शेर्पा कोचको भूमिकामा देखिनेछन्।
सत्यराज र मिलनको कोचको रूपमा निरन्तरता हो भने अर्जुन र वाङ्देन भने नयाँ हुन्। उनीहरु दुबै पहिलोपटक कोच बन्न लागेका हुन्।
लोकगायक अर्जुन पछिल्लो समय ‘झलिको’ गीतका कारण थप चर्चामा छन्। पछिल्लो समय उनलाई भ्याइनभ्याइ छ। वाङ्देनको तिमी नाच न, जून हेरी लगायतका गीतहरु चर्चित छन्।
शो छिट्टै प्रसारणमा आउने जनाइएको छ।
42
Shares

प्रतिक्रिया