विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिकामा ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ। शुक्रबार शुभमुहूर्त गर्दै निर्माण टिमले सिनेमाको छायांकन सुरु गरेको हो।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको छ। शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय र अञ्जनासहित विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए।
फिल्मको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक सरोज पौडेलले जानकारी दिए। विजय र अञ्जनाले निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दै छन्।
यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए। जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको थियो।
निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए। यस फिल्ममा लेखन पनि निर्देशक पौडेलकै छ।
Shares

प्रतिक्रिया