कला


चलचित्र लालीबजार प्रदर्शनमा सर्वोच्चले पनि लगाएन रोक, उच्चकै आदेश सदर

चलचित्र लालीबजार प्रदर्शनमा सर्वोच्चले पनि लगाएन रोक, उच्चकै आदेश सदर

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १७:३०, काठमाडौँ

चलचित्र लालीबजार प्रदर्शनमा रोक लगाउन सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ।

यसअघि उच्च अदालत पाटनले चलचित्र प्रदर्शनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेपछि रोशनी नेपाली सर्वोच्च पुगेकी थिइन्।

सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको इजलासले वैशाख २३ गते उच्च अदालतबाट भएको आदेश रीत बेरीत के रहेछ भन्ने सम्बन्धमा सर्वोच्च अदालतबाट तथ्यभित्र प्रवेश गरी जाँची निरूपण गर्न नमिल्ने आदेश दिएको हो। 

तर निवेदकले वादी समुदायको मानवीय मर्यादामा आघात परेको भनी गम्भीर संवैधानिक र मानवीय मर्यादासँग सम्बन्धित प्रश्न उठाएको भन्दै आधार र कारणसहित निवेदन दिएमा आवश्यकताअनुसार विवादित चलचित्र अवलोकन गरी अन्य कुनै कुरा बुझ्न आवश्यक भए बुझी ७ दिनभित्र अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने सम्बन्धमा आदेश गर्न सर्वोच्चले उच्चको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad