माइकल चन्दको निर्देशनमा फिल्म ‘हेराई’ बन्ने भएको हो। गतवर्ष रिलिज भएको फिल्म ‘राम नाम सत्य’का निर्देशक माइकल चन्दले नयाँ फिल्म घोषणा गरेका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने फिल्मको हाल फिल्मको धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ। फिल्मको छायांकन केही महिनामा नै सुरु गर्ने तयारी निर्माणटिमको छ।
यसपटक भने माइकलले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउने तयारी गरेका छन्। ‘राम नाम सत्य’ भने पूर्ण रुपमा एक्सन जनराको फिल्म थियो। जसले नेपाली बक्स अफिसमा साढे ३ करोड हारहारीको ग्रस कलेक्सन गरेको थियो।
फिल्मका लागि कलाकारहरु फाइनल भएका छैनन्। ‘एक हेराई अनेक बुझाई’ ट्याग लाइन दिइएको यो फिल्मलाई किशोर भट्ट, हेमन्त शाह र स्वेता विमलीले निर्माण गर्ने पक्का भएको छ। फिल्मका सह-निर्माता राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्।
‘यसपटक हामीले पूर्णतया लभ स्टोरी कथामा फिल्म बनाउँदैछौं। यो फिल्मले मानिस अनुसार हेराई फरक फरक हुने कथा भन्छ,’उनले भने।
फिल्मलाई यसैबर्ष रिलिज गर्ने योजना छ।
Shares

प्रतिक्रिया