नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न २१औँ महाधिवेशनमा २१६ मत ल्याउँदै केसी अध्यक्षमा निर्वाचित भएका हुन्।
कूल ३३५ मत खसेकोमा उनका प्रतिस्पर्धी सविन श्रेष्ठले भने १३२ मत ल्याए। सविन संघका निवर्तमान महासचिव हुन्।
त्यस्तै, उपाध्यक्षमा शिवहरी बैरागी र पूजना प्रधान निर्वाचित भएका छन्। महासचिवमा सुनील कटुवाल, सचिवमा गोपाल ढकाल (छन्दे), कोषाध्यक्षमा तेजुला खतिवडा र सह-कोषाध्यक्षमा पवन केसी निर्वाचित भएका छन्। पवन मात्र सविन प्यानलका हुन्।
कार्यसमिति सदस्यतर्फ भने दमन रुपाखेती, इन्द्रबहादुर लामा ‘खम्बे’, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, नवीनकुमार श्रेष्ठ, जीवन थापा, सुलेमान शंकर (इकु), रश्मि भट्ट, चन्द्रकला दाहाल र श्रीदेव भट्टराई निर्वाचित भएका छन्। सदस्यमा १० पदका लागि २८ जनाबीच प्रतिस्पर्धा भएको थियो।
संघको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
Shares

प्रतिक्रिया