कला


जेठ ८ गते रिलिज हुने ‘काजी’ र ‘मितज्यू’ को अग्रिम बुकिङ खुला

जेठ ८ गते रिलिज हुने  ‘काजी’ र ‘मितज्यू’ को अग्रिम बुकिङ खुला

नेपालखबर
जेठ ६, २०८३ बुधबार १७:२, काठमाडौँ

जेठ ८ गतेबाट दुई वटा नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ एकसाथ प्रदर्शन हुँदै छन्। यसैबीच, मल्टिप्लेक्स हलहरूले दुवै फिल्मको अग्रिम बुकिङ खुला गरेका छन्।

क्यूएफएक्स, वान सिनेमाज, आईएनआई, बिग मुभिजलगायतका मल्टिप्लेक्स हलहरू अग्रिम बुकिङ खुलिसकेको छ। त्यस्तै, मोफसलका हलहरूले समेत अग्रिम टिकट बिक्री खोलिसकेका छन्।

‘काजी’ ले सुरुवातमा क्यूसएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० शो पाएको छ। त्यस्तै, अन्य हलहरू गरेर पहिलो दिनको लागि ६० शो पाइसकेको छ। अन्य हलहरूले सो खुलाउन बाँकी छ।

लक्ष्मण रिजालको निर्देशन रहेको यस फिल्ममा काजी र कजिनीको प्रेम देखाइएको छ। फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन। लेखक प्रदीप भारद्वाजको कथा रहेको फिल्मका निर्माता नेहान रिजाल, विकाशराज जोशी रहेका छन्।

त्यस्तै, केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गरेको थियो। अहिले पनि अन्य हलहरूले बुकिङ खुलाइरहेका छन्।

ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ। चर्चित डान्सर टेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। अनिल बुढा मगर निर्देशित यस फिल्मको निर्माता जनक घर्ती मगर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad