कला


फ्राइडे रिलिज: ‘मितज्यू’ र ‘काजी’ प्रदर्शनमा

फ्राइडे रिलिज: ‘मितज्यू’ र ‘काजी’ प्रदर्शनमा

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:३९, काठमाडौँ

आज शुक्रबार दुइ नेपाली फिल्म एकसाथ प्रदर्शन भएका छन्। अनिल बुढा मगर निर्देशित ‘मितज्यू’ र लक्ष्मण रिजालको निर्देशन रहेको ‘काजी’ हलमा लागेका हुन्।

‘काजी’ ले प्रदर्शनको पहिलो दिनमै करिब डेढ सय शो पाएको छ। ग्रामीण परिवेशमा आधारित ‘काजी’ क्लासिक प्रेमकथामा आधारित छ। अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी फिल्मको मुख्य भूमिकामा छन्।

विपीन र केकीसहित फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, विशाल पहारी, हेमन्त बुढाथोकी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा छ। फिल्मका निर्मातामा नेहान रिजाल र विकासराज जोशी रहेका छन्।

‘मितज्यू’ मा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ। चर्चित डान्सर टेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।  जनक घर्ती मगर निर्माता रहेको फिल्मले ग्रामीण परिवेशमा आधारित छ।

यस फिल्ममा दयाहाङ, सौगात र तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर ९खबपु० लगायतका कलाकारको अभिनय छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad