कला


ओटीटीमा आयो दयाहाङ र मिरुनाको ‘जारी २’

ओटीटीमा आयो दयाहाङ र मिरुनाको ‘जारी २’

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार ११:३८, काठमाडौँ

हिट फिल्म ‘जारी २’ नेपालकै ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मार्फत सार्वजनिक गरिएको छ। दर्शकहरूलाई घरमै बसेर नयाँ चलचित्र हेर्ने उत्कृष्ट सुविधा दिने उद्देश्यका साथ सिनेमाघरले यो चलचित्र विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो।

अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी क्वालिटीमा मात्र १९९ र फोरके क्वालिटीमा २९९ रुपैयाँ तिरेर यो फिल्म हेर्न सक्नेछन्। 

नेपाली चलचित्र ‘जारी २’ पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र जारी प्रथामा आधारित छ। यस चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने बाँसुरी फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ र उनको समूहले यसको निर्माण गरेका हुन्।

यो चलचित्र बक्स अफिसमा निकै सफल भएको ‘जारी’  चलचित्रको दोस्रो श्रृंखला हो। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा रहेको छ। फिल्मले लिम्बु संस्कृति, उनीहरूको परम्परागत च्याब्रुङ नाच र पुरानो कालखण्डको कथालाई निकै सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेको छ।

गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ। यसका साथै ठूलो पर्दामा चलचित्रको मज्जा लिन चाहनेहरूका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीहरूमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ। मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ।

पछिल्ला वर्षहरूमा ‘सिनेमाघर’ले नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउन र नेपाली सिनेमा उद्योगको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हलमा प्रदर्शन भइसकेका र दर्शकले अत्यधिक रुचाएका चलचित्रहरूलाई डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीहरूसम्म पुर्‍याउने कार्यमा यो प्लेटफर्म निकै सफल मानिएको छ।

हाल सिनेमाघरमा ‘जारी २’ का अलावा नेपाली बक्स अफिसमा चर्चा कमाएका ‘१२ गाउँ’, ‘पिताम्बर’,  ‘गाउँ आएको बाटो’ लगायतका दर्जनौँ उत्कृष्ट चलचित्रहरू नियमित रूपमा स्ट्रिमिङ भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad