आज (शुक्रबार) राति देशभरकै तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ।
विभागले हुरीको सम्भावना बढी रहेका स्थानमा फरक-फरक रङ दिएर चेतावनी नक्सासमेत जारी गरेको छ।
मौसम विभागले लेखेको छ, ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनुहोला। पहेँलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिँदै गर्नुहोला।’
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार हुरीको खतरा पहाडमा भन्दा तराई क्षेत्रमा बढी देखिएको छ।
‘हुरीको सम्भावना देशभरकै पहाड र तराई क्षेत्रमा देखएिको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर हुरीको खतराका हिसाबले पहाडभन्दा तराईमा बढी देखिएको छ।’
हेर्नुहोस् हुरीका लागि चेतावनी नक्सा

यो पनि : नेपालमा तीन मौसम प्रणाली सक्रिय, थप वर्षा, हिमपात र हुरीको सम्भावना
Shares

प्रतिक्रिया