कला


साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक

साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’को टिजर सार्वजनिक

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १३:२७, काठमाडौँ

साइन्स फिक्सन जनरामा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक भएको छ। कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।

फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज आठ भागमा तयार गरेको टिमले जनाएको छ। निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ। 

सिरिज युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको हो। सिरिजमा नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको निर्माण टिमको दाबी छ।

सम्यक र विसम्यक देव (मनुष्य) र दानव (मुटेन्ट) को कथा ‘कुरू’मा देख्न पाइने टिमले जनाएको छ। दुई वर्षको मेहतनमा सिरिज तयार गरेको निर्देशक खड्कीले बताए।

‘पहिले असम्भव जस्तो लाग्ने विषयलाई हाम्रो टिमले वास्तविकतामा बदलेका छौँ। दुई वर्षसम्मको मिहिनेत, धैर्य र समर्पण आज विश्वासमा परिणत भएको छ। नेपाली फिल्म दुनियाको यो नयाँ प्रयोगमा साथ दिने सबैलाई धन्यवाद छ,’ निर्देशक खड्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

अन्ततकुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका हुन्। सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाईं, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ र अनु खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

सिरिजमा चिफ एक्जेक्युटिभ प्रड्युसरमा लभ कार्की तथा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भीएफएक्स सुपरभाइजर रहेका छन्। त्यस्तै शंकर महर्जनको सिनेमाटोग्राफी, प्रोडक्सन म्यानेजर आशिस शाही, ग्राफिक डिजाइनमा विकाश खड्गी, सीजीआई आभास महर्जन, अविक खड्गी, रेहना शाही, आर्टिस्ट पीओपी राज महर्जन, युनिट स्टील फोटोग्राफी अमन महर्जन र सिनेमाटोग्राफी शंकर महर्जनको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad