कला


कस्तो छ जितुको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर?

कस्तो छ जितुको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर?

नेपालखबर
जेठ १७, २०८३ आइतबार १२:२६, काठमाडौँ

कलाकार जितु नेपालको डेब्यु ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ। 

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा गाउँबाट सपना बोकेर सहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ।

ट्रेलरमा अभिनेता जितुलाई फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिकामा छन्। भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन्।

यस फिल्ममा जितु र वर्षासहित प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा 'बाबा',निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ। सार्वजनिक ट्रेलरलाई दर्शकहरुले मन पराइरहेका छन्। 

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

यो फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो चलचित्र विशेष रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad