बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ।
ललितपुर र मोरङबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका(२२ भैँसीपाटीबाट ५४ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ५४ वर्षीय रमेश साह छन्। उनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनलाई डेराबाटै पक्राउ गरेको हो ।
त्यसैगरी मोरङबाट पनि एक पुरुष पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-९ बस्ने ५५ वर्षीय राम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया