आगामी साउन २२ गतेबाट प्रदर्शन हुने फिल्म ‘हली’को निर्माण टिम व्यापक प्रचारप्रसारमा जुटेको छ।
निर्माण टिम असार १५ गतेबाट आफ्नो फिल्मलाई व्यापार प्रचारमा लागेको हो।
यतिबेला फिल्मका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजाता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतका कलेज कलेजमा आफ्नो फिल्मको प्रचार गरिरहेका छन्। काठमाडौँका अधिकांश स्कुल तथा कलेजमा कलाकारहरु सहितको टिम पुगेका छन्।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्ममा देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने बलियो सन्देश बोकेको छ।
ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको यस फिल्मलाई व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले लगानी गरेका छन्।
फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै स्वयम् निर्देशक ओम प्रतीक लगायत हुन्।
यस फिल्मको विशेष गीतमा चर्चित कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देख्न सकिन्छ।

प्रतिक्रिया