ग्लोबल


मुम्बईमा भीषण वर्षा, समुद्रमा १५ फिट अग्ला छाल उठ्न सक्ने चेतावनी

मुम्बईमा भीषण वर्षा, समुद्रमा १५ फिट अग्ला छाल उठ्न सक्ने चेतावनी

नेपालखबर
असार १८, २०८३ बिहिबार १४:३१, काठमाडौँ

भारतीय प्रदेश महाराष्ट्रका चार जिल्लामा भारी वर्षा भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई, ठाणे, पालघर र रायगडमा रेड अलर्ट जारी गरिएको छ। मुम्बईमा पछिल्लो २४ घण्टामा १७२ मिलिमिटर वर्षा भएको छ।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले आज १५ फिटसम्म अग्ला छाल आउन सक्ने चेतावनी दिएको छ। मानिसहरूलाई समुद्रबाट टाढा रहन सल्लाह दिइएको छ।

मनसुन बिहीबार राजस्थानमा सात दिन र दिल्लीमा पाँच दिन ढिला प्रवेश गरेको छ।

आज बिहानदेखि दिल्लीमा भारी वर्षा भइरहेको छ। राजस्थानका जयपुर र दौसासहित २५ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ।

यसैबिच मध्य प्रदेशका सात जिल्लामा बुधबार भारी वर्षा भएको छ। इन्दौरमा वर्षाका कारण एउटा कार नालीमा खसेको छ। सेहोरमा पनि बाइकहरू बाढीले बगाएको छ। खराब मौसमका कारण उत्तराखण्डमा केदारनाथ यात्रा स्थगन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad