पाकिस्तान र साउदी अरेबियाले सुरक्षासम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।
साउदी अरेबियाका गृहमन्त्री अब्दुलअजिज बिन साउद बिन नायेफ र पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
बीबीसी उर्दुका अनुसार साउदी अरेबियाका गृहमन्त्री नायेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "हामीले दुई देशबिच सुरक्षा सहयोगलाई सुदृढ पार्ने हाम्रो साझा प्रतिबद्धता दोहोर्यायौँ र सुरक्षा क्षेत्रको एक समझदारीपत्रमा हस्ताक्षर गर्यौँ।"
उनले यो कदमले रणनीतिक साझेदारीको शक्ति तथा साउदी अरेबिया र इस्लामिक गणतन्त्र पाकिस्तानबिचको लामो समयदेखिको सम्बन्धको व्यापकतालाई प्रतिबिम्बित गर्छ।
भ्रमणका क्रममा पाकिस्तानका गृहमन्त्री नक्वीले रियाद क्षेत्रमा एकीकृत सुरक्षा सञ्चालन केन्द्रको अवलोकन गरे।
Shares

प्रतिक्रिया