अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता ‘सकारात्मक’ रहेको दाबी गरेका छन्।
उनले कतारमा अमेरिका र इरानबिच जारी संवाद पनि ‘राम्रो भइरहेको’ दाबी गरेका छन्।
बुधबार उत्तरी डकोटा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम घटाउने प्रक्रिया सही दिशामा अघि बढिरहेको जिकिर गरे।
एक प्रश्नको जवाफमा ट्रम्पले दुई पक्षबिच धेरै राम्रो बैठक भएको दाबी गरे।
तर सँगसँगै यसो भने, ‘हेरौँ के हुन्छ?’
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि हो भनेर दाबी गरिरहेको छ।
कतारको राजधानी दोहामा बुधबार इरान र अमेरिकाबिच अप्रत्यक्ष प्राविधिक वार्ता भइरहेको छ, जसमा कतार र पाकिस्तानले मध्यस्थकर्ताका रूपमा काम गरिरहेका छन्।
57
Shares

प्रतिक्रिया