ग्लोबल


अमेरिकी नौसेनाको हेलिकप्टर अरब सागरमा आपत्‌कालीन अवतरण

अमेरिकी नौसेनाको हेलिकप्टर अरब सागरमा आपत्‌कालीन अवतरण

नेपालखबर
असार १८, २०८३ बिहिबार ५:४१, काठमाडौँ

अमेरिकी नौसेनाको एमएच-६०एस सिहक हेलिकप्टर बुधबार अरब सागरमा आपत्‌कालीन अवतरण गरेको छ। 

चालक दलका चार सदस्यमध्ये तीन जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने एक जना बेपत्ता छन्। उनको खोजी जारी छ।

अमेरिकी नौसेनाका अनुसार हेलिकप्टर यूएसएस जर्ज एच.डब्ल्यू. बुस विमान वाहकबाट उडानमा थियो। आपत्‌कालीन अवतरणपछि उद्धार गरिएका तीन चालक दलका सदस्यको अवस्था स्थिर छ।

अमेरिकी नौसेनाले प्रारम्भिक अनुसन्धानमा हेलिकप्टरमा आक्रमणको कुनै संकेत नदेखिएको बताएको छ। दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad