विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा पुरस्कार जित्न सफल फिल्म ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ टोलीलाई अस्कर कलेजमा सम्मान गरिएको छ। अन सर्टेन रिगार्ड खण्डमा उत्कृष्ट जुरी पुरस्कार सहित उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल फिल्मका निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल लगायत करिब दुई दर्जन सदस्यलाई कलेजले सम्मान(पत्र प्रदान गरी तथा सिँगारिएको भव्य केट काट्दै सम्मान प्रकट गरियो।
साधना घरमाआयोजित कार्यक्रममा उपस्थित करिब सय जनाभन्दा बढी सहभागीले कान्सकै झल्को दिने गरी निर्देशक अविनाश विक्रम शाह र टोलीलाई सम्मान प्रकट गर्दै झन्डै दुई मिनेटको ‘स्ट्यान्डिङ ओभेशन’ दिएका थिए।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले स्वागत गरेको कार्यक्रममा वरिष्ठ निर्देशक नविन सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सम्मानित व्यक्तित्वहरूलाई बधाई निर्देशक सुब्बाले यस फिल्मले नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानमा नयाँ आयाम प्रदान गरेको र अबको चुनौती भनेको हरेक वर्ष कम्तिमा केही सिनेमाहरूले यसैगरी अन्तर्राष्ट्रिय उपस्थिति तथा उपलब्धी पाइराख्नुपर्ने बताए।
सदनमा विचाराधीन चलचित्र विधेयकमा यस उपलब्धीले नेपालभित्रका विशेष गरेर युवा चलचित्रकर्मीहरूलाई विशेष रूपमा लक्षित गर्नुपर्ने धारणा निर्देशक सुब्बाको थियो ।
कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेलसँग सघन अन्तर्क्रियासमेत भएको थियो। समग्र नेपाली चलचित्र र अस्कर कलेजका विद्यार्थीको सफलताको सम्मान र खुशियाली मनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो।
Shares

प्रतिक्रिया